नियम ३८
बढुवाको विज्ञापन
(१) आयोगले प्रचलित कानून बमोजिम निजामती सेवा वा
समूहमा बढुवाको लागि आयोगको कार्यतालिका बमोजिम बढुवाको विज्ञापन
प्रकाशन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम विज्ञापन प्रकाशन गर्दा बढुवा गरिने पद, श्रेणी वा तह, सङ्ख्या, सेवा, समूह, उपसमूह, उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि, न्यूनतम शैक्षिक योग्यता, दरखास्त बुझाउने म्याद र स्थान तथा आयोगले तोकेको अन्य आवश्यक विवरण समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उल्लेख भए बमोजिमको विवरण संलग्न गरी सम्भाव्य उम्मेदवारहरूले दरखास्त फाराम आयोगमा बुझाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त हुन आएका दरखास्तहरू आयोगले सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ ।
(५) बढुवा सम्बन्धी दरखास्त फारामको ढाचा र दरखास्त दस्तुर आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।